You are viewing the translated version of (नियम ६ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित).
कठिन काम
पचास प्रतिशत बढी पाइने काम
१. दश हजार फिटभन्दा अग्ला ठाउँहरूमा गर्नु पर्ने सबै काम जियोलजी माइनिङ्ग इत्यादि,
२. सतहमुनिको (अण्डरग्राउण्ड) सबै प्रकारको काम,
३. अति उष्ण आवहवाको वातावरणमा गर्नु पर्ने कामहरू,
४. हाइटेन्सनको विद्युत शक्ति प्रयोग भएका कामहरू,
५. पाँच टनभन्दा बढी सामानहरू एक चोटिमा ल्याउनु पर्ने कामहरू,
६. जुम्ला, हुम्ला तथा अन्य हिमाच्छादित क्षेत्रमा गर्नु पर्ने कामहरू,
७. चैत्र, बैशाख तथा जेष्ठ महिनामा गर्नु पर्ने कामहरू,
८.पाँचसय फिटभन्दा बढी क्षमताको ड्रिलि· मेशिनमा गर्नु पर्ने काम ।
तीस प्रतिशत बढी पाइने काम
१.चार हजार फिटभन्दा माथि र दश हजार फिटसम्मको उचाइमा गर्नु पर्ने कामहरू,
२. विस्फोटक पदार्थको उपयोग गरी गर्नु पर्ने कामहरू,
३. उष्ण आवहवाको वातावरण भएको क्षेत्रमा वा
४. बढी भोल्टेजको विद्युत शक्ति प्रयोग भएको ठाउँमा गर्नु पर्ने कामहरू,
५.पाँच टनसम्मका मालसामानहरू, एकैचोटि ल्याउनु पर्ने हेभि मेशिनरी सम्बन्धी कामहरू,
६. बाटोघाटो वा रसद पानी आदि उपलब्ध नहुने ठाउँमा गर्नु पर्ने कामहरू,
७. दुईसय देखि पाँचसय फिट क्ष्ँमता भएको ड्रिलिङ्ग मेशिनमा गर्नु पर्ने कामहरू ।